🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा फोकस बलियो बनाउँदै बोश डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

 काठमाडौं । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोशले नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनर्स्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले बजारमा लगानी जारी राख्नेछ भने अब्बल डिजेल सर्भिस दिने दावी गरेकाे छ ।

 आफ्नो पहिलो भ्रमणमा, भारतमा बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले “नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण छ । विशाल अप्रयुक्त सम्भावनाका साथ यस क्षेत्रसँग आशाजनक भविष्य छ । बोशले यस संक्रमणको केन्द्र बिन्दु हुन चाहेको छ ।

हामीले यहाँ डिजेलका पार्टपूर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादनमार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं” भन्दै त्यसको पुनःपुष्टि गरे ।

सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको थियो ।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस (बीडीएस) साझेदारहरुको भेला आयोजना गरेको छ ।

उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

बोश नेपालका कन्ट्री हेड सन्दीप कामत भन्छन्, “अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको छ । हामी हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं । यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्नेछ ।''

''मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ र विक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।”