🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिन्धुपाल्चोकमा मन्दिर बनाउन सहयोगार्थ भक्तपुरमा सत्संग

भक्तपुर, १९ असाेज । भक्तपुरको ब्रम्हायणीमा नौ दिन लामो भक्तिमय सत्संग एवं संगीतमय भजन जारी रहेकाे छ ।

गत बुधबारदेखि सुरु भएको साे सत्संग साउन २५ गतेसम्म जारी रहनेछ । कार्यक्रमको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले एक समारोहवीच उदघाटन गरेका थिए । र, पहिलो दिन कलश यात्रा भएको छ ।

\"\"

ब्रम्हायणीबाट सुरु भएको यात्रा च्याम्हासिंह हुँंदै दतात्रय र त्यहांबाट कमलविनायक हुँंदै पुनः ब्रम्हायणीमै पुगेर सम्पन्न भएको थियो । सत्संगमा प्रमुख वाचक आचार्य श्री सागरजी र संकल्पकर्ता महाकाली राधिका श्री सिन्धु महाकाली माँं रहेका छन् । श्री सिन्धु महाकाली परिवार जैमन थापी नारायण महाकाली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सत्संग सुरु भएको हो ।

सिन्धुपाल्चोक जिल्लास्थित श्री सिन्धु महाकाली दिव्य मन्दिर निर्माण सहयोगार्थ सत्संग कार्यक्रम भएको जनाएको छ ।