🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।

\"\"

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन् भने वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहादुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन् । 

\"\"

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालकाे अर्थतन्त्र सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले युवा महिला केन्द्रीत नवीन राप्रपा र नेतृत्व सम्बन्धमा, विज्ञ आस्था दाहाल, वरिष्ठ पत्रकार दिलभुषण पाठकले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् । प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।