🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १८ असोज । एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । 

\"\"

अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे । 

हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।