🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजिप्टमा जब आमाले आफ्नै पाँच वर्षीय छोरा मारेर टाउकाे पकाएर खाइन्…

कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन ।

सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि सारा विश्व स्तब्ध भएको छ । 

पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैंभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीया महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन । 

प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो । प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन । 

ती महिलाले आफ्नो बयानमा आफू छोरालाई सधैं साथमा राख्न चाहेको भन्दै यस्तो कदम चालेको बताएकी छन् । उता श्रीमतीको मानसिक समस्याका कारण आफुले अलग हुनका लागि मुद्दा लडिरहेको अवस्थामा यो बिभत्स हत्या भएको उनका पूर्व पतिले अदालतमा बयान दिएका छन ।

इजिप्टको एक अदालतले हसनलाई आपराधिक रूपमा पागल घोषित गरेको छ । उनकोको आपराधिक क्रियाकलाप पछि अदालतका न्यायाधीशहरूले ती महिलालाई कुनै पनि हालतमा निर्दोष मान्न सकिँदैन भनेर निर्णय गरेका छन ।

गत ३० सेप्टेम्बरमा फैसला सुनाउँदै अदालतले दोषी हाना मोहम्मद हसनलाई मनोचिकित्सक इकाइमा राख्नुपर्ने बताएको थियो। आमाले बौलाहा अवस्थामा छोराको हत्या गरेको अदालतको ठहर छ । अदालतले प्रारम्भिक मनोचिकित्सक रिपोर्टबाट हसनलाई मानसिक रोग लागेको पत्ता लगाएको थियो, यद्धपि उनलाई सजायँ भने कठोर दिइएको छ ।

Photo credit : mail online