🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैन्य भर्नामा धाँधली : हवल्दार थुनामा

 नेपाली सेना अन्तर्गत मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेक हेटौंडामा सैन्य भर्नामा प्रतिव्यक्ति रु १ लाख ५० हजार घुस उठाएर हवल्दार कृष्णबहादुर विशंखी थुनामा परेका छन् । विगत लामो समयदेखि पटक पटक भएको श्री मध्य पृतना(हेड क्वाटर सुपारेटार ब्यारेकमा सैन्य भर्नामा हवल्दार कृष्ण विशंखीमार्फत सैन्यसँग १ लाख ५० हजारको दरले उठाउने गरेको खुल्न आएको हो ।

२०७३ साल चैत महिनामा लिएको सैन्य भर्नामा मेजर सुदर्शन विष्ट र हवल्दार कृष्ण विशंखीले र सुवेदार दाना सिं धामीको मिलेमतोमा व्यापक रकम उठाई ठूलो घोटाला भएको थियो । त्यसपछि २०७५ साल जेठ १० गते लिएको सैन्य भर्ना छनौटमा खटिएका तत्कालीन पृतनापति जर्सा’ब प्रभुराम शर्माका स्टाफ अधिकृत हरिसचन्द्र क्याप्टेन सुवेदार दानसिं धामी, हवल्दार किशन विशंखीको मिलेमतोमा प्रत्येक सैन्यसँग १ लाख ५० हजारका दरले रकम असुली गरी व्यापक भ्रष्टाचार गरेको थाहा पाएर पनि किन हो,  पृतनापतिले सबैलाई कुनै कारवाही नगरेर छुट दिए ।

पुन यसपटक २०७५ साल जेठ १० गते लिएको सैन्य भर्नामा भर्ना छनौटमा खटिएका कर्नेल, अधिकृत र हवल्दार कृष्ण विशंखीको कुरा नमिलेपछि भण्डाफोर भएको छ । हवल्दार कृष्ण विशंखीमार्फत सैन्य भर्नामा ठूलो रकम उठाउने अधिकृतहरू को को हुन् खोजी हुनु पर्छ । यसपटक हवल्दार कृष्ण विशंखी पक्राउमा परी छानबिन भइरहेको छ ।

सैन्य भर्नामा व्यापक धाँधली गरेर गरीब जनताका छोरी–छोरालाई नेपाली सेनामा भर्ना भएर देशको सेवा गर्न नदिने भ्रष्टहरूको यस्तो सम्पूर्ण सञ्जाल तोड्न का.मु. प्रधानसेनापति पूर्णचन्द्र थापाले विदेश छानबिन गरी कारवाही गर्नुपर्ने देखिन्छ । सत्यतथ्य छानविन गरेर दोषीलाई कडा कारवाही नगर्ने हो भने नेपाली सेना बद्नाम हुनेछ र गरीब परिवारका योग्य छोराछोरीले सैन्य भर्ना हुनबाट समेत बञ्चित हुनु पर्ने अवस्था छ ।      

                                                                                                                                          –नेपाली सेनाको भलो चाहने सैनिकहरू