🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केयूकेएलः महांकालचौरमा अनियमित कार्य !

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गतको महाँकालचौर शाखा प्रमुखले काम नै नगरी लाखौ रुपैयाँको नक्कली बिल भर्पाई मात्र पेश गरेर रकम असुल्दै आएको समाचार छ । फिटिङ्गका सामानहरु, पानी मिटर, पाइपहरु, चावीलगायतका सामग्रीहरु खरिद गर्दा बजार मूल्य भन्दा बढीमा खरिद गर्ने गरेको तथ्य जानकारीमा  आएको छ । कतिपय सामान खरिद नै नगरी बिल बनाए सप्लायर्स कम्पनीसँग मिलेर तीस प्रतिशत कमिशन लिने गरेको गुनासो शाखामा कार्यरत कर्मचारीले गरेका छन ।

उक्त शाखाका प्रमुख नारायण कर्ण र खरिद इकाई प्रमुखले बिल भर्पाई तयार गरेर भुक्तानीका लागि पठाएपछि लेखा प्रमुखले पनि मिलेमतोमा आँखा चिम्लेर भुक्तानी गर्ने गरेको स्रोतले बताएको छ । पुराना पाइप मर्मत, नयाँ लाइन जडान, पानी पोखरी सफा गर्ने प्रयोजनको क्रममासमेत लाखांै रकम घोटाला गर्दै आएको गुनासो बढेको छ । ठेकेदारहरु प्रकाश र निलकण्ठ थापाले पनि नक्कली बिल भर्पाई तयार गरी शाखा प्रमुख कर्णलाई पेश गरेर भुक्तानीको प्रपन्च मिलाउने गरेको स्रोतले जानकारी दिएको छ ।

 खोलाका छेउछाउमा संरचना निर्माण गर्ने र संचालन गर्न पाले घर निर्माण गर्ने गरिएको छ । एक लाख मूल्य बरावरको लागत पर्ने एउटा सानो कोठा निर्माण गररे दशौं लाखको बिल भर्पाई तयार पार्न लगाएर भातभान्सा रमाइलो गर्न मोटो रकम असुल्दै आएको स्रोत बताउछ । शाखाको कार्यक्षेत्रको वरपर रहेका खोला छेउछाउका ओयलहरुको निरीक्षण गर्ने हो भने वास्तविक तथ्य र प्रमाण सजिलै भेटिने स्रोतले बताएको छ ।

खानेपानीको महसुलमा समेत उनले अनियमितता गर्दै आएको कर्मचारीहरु बताउँछन् । शाखा प्रमुख कर्णको यस्ता आधादर्जन भन्दा बढी अनियमित कार्यले सीमा नागेको केयुकेएलमा कर्मचारीहरु बताउछन् । कार्यालयको काममा ध्यानै नदिने प्रमुख कर्णबाट छिटोछरितो धारा जडान, मर्मत सम्भारको कल्पनासमेत गर्न नसकिने स्रोतको भनाई रहेको छ । उक्त शाखाको ढिलासुस्ती र घुसखोरीबाट सेवाग्राहीहरु भने आजित हुँदै आएको जनगुनासो रहेको छ । (साँघु साप्ताहिक, २०८० असोज १५)