🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रम मन्त्रीले किन पाउन सकेनन् दुई सहसचिव !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग महानिर्देशकविहीन हुन पुगेको छ । तत्कालीन महानिर्देशक अर्जुनप्रसाद भट्टराईले ५८ वर्षे उमेर हदका कारण ०८१ पुस ९ गते अनिवार्य अवकाश गएका थिए । त्यसयता सो बिभाग नेतृत्वविहीन हुन पुगेको भएपनि सचिव मुकुन्द प्रसाद निरौला र मन्त्री शरतसिंह भण्डारीले महानिर्देशक पठाउन सकिरहेका छैनन् । ताहाचलमा रहेको श्रम कार्यालय पनि प्रमुखविहीन भएको ५ महिना भन्दा बढी समय बितिसक्दा पनि मन्त्रालयले ती निकायमा कर्मचारीलाई खटाउन सकिरहेको छैन ।

श्रम विभागमा अहिले निमित्त महानिर्देशकको जिम्मेवारी प्राविधिक सहसचिव विपिन राजभण्डारीले पाएका छन् । श्रम कार्यालय काठमाडौंको का.मु.को जिम्मेवारी भने उपसचिव श्रीधर केसीले पाएका छन । मन्त्री भण्डारीले प्रशासन सेवाका दुईजना सहसचिव मन्त्रालयमा भित्र्याएर खटाउन नसक्दा यी दुई निकाय उपसचिवको भरमा संचालन हुँदै आएका छन् । मन्त्रालयमा हाल सहसचिवहरू जीवलाल भुसाल, डण्डुराज घिमिरे, प्रदिपकुमार कोइराला र निश्चलनाथ पाण्डे कार्यरत रहेका छन ।

तर, विभाग महानिर्देशक र कार्यालय भएर जान तयार छैनन् । बैदेशिक रोगगार बिभागमा कनिष्ठ सहसचिव सूर्यबहादुर खत्री महानिर्देशक रहेको सिनियर सहसचिवहरु कार्यालयमा जान तयार नभए मन्त्रालय स्रोतले जानकारी दिएको छ । श्रम बिभागमा जान पनि सहसचिवहरुले खासै रुची देखाएका छैनन् । मन्त्रालयमा कार्यरत सिनियर सहसचिव घिमिरे चालू आर्थिक वर्षभित्रै सचिव बढुवा हुने लाइनमा रहेका छन् । अन्य सहसचिवहरू पनि श्रम विभाग र कार्यालय त्यति आकर्षक नभएको र विवादमा परिने डरले जान अस्वीकार गरेको मन्त्रालय स्रोतले दावी गरेको छ ।

मन्त्रालयमा कार्यरत सहसचिव श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक र काठमाडौं कार्यालयमा जान तयार नभएपछि बाहिरबाट सहसचिव भित्राएर खटाउने योजना मन्त्रालयको रहेको छ । तर, त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरूवाका लागि टिप्पणी उठाई मन्त्रिपरिषद कार्यालयमा पठाउनुपर्छ । यतिखेर सचिव भरतमणि सुवेदी र मन्त्री राजकुमार गुप्ताका बिचमा सम्वन्ध राम्रो नभएकाले सरुवाको संभावना निकै कमजोर देखिएको छ । सचिव वा मन्त्री परिवर्तन नभई सहसचिव सरूवा हुने छाटकाँट नरहेको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)