🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओरालो लाग्दै आएको  शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १२ भदौ  : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २४८.६१ बिन्दुमा पुगेको छ ।

कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर रु १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद–बिक्री भएको छ । 

स्टकका अनुसार तीन उपसमूहको शेयर भने घटेका छन् भने अरू उपसमूहका शेयर भने बढेका छन् । जलविद्युत् ३.०४, अन्य ०.८ र जीवन बीमा समूहको ३१.०३ बिन्दुले घटेको छ ।

यस्तै बैङ्किङ १.८९, होटल १२.२४, विकास बैङ्क ८.६७, वित्त १.४२, निर्जीवन बीमा ५.९४, उत्पादन १२.२६ र माइक्रोफाइनान्स २.९२ बिन्दुले बढेको छ ।