🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्पेनमा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ बेपत्ता

म्याड्रिड, १५ असोज । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार हिजो बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि अागलागी हुन गएकाे गएको बताइएकाे छ ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एक जना भाई भने क्लबमा नै बसे । ला वर्डाड डे मर्सिया अखबारका अनुसार मृतकहरू मध्ये उनका काका थिए वा छैनन् भन्ने स्पष्ट छैन ।

प्रहरीले याे पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन्। जसकाकारण उनीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ, र आगो लगभग ६ बजेवाट सुरु भएको मानिन्छ। तर, करिब १५ घण्टा बितिसक्दा पनि यो के कारणले भएको हो ? भन्ने खुल्न सकेको छैन । तर मर्सियाका मेयर जोसे बालेस्टाले पत्रकारहरूलाई भने कि क्लबको पहिलो तल्लामा आगलागी सुरू भएको थियो ।

राष्ट्रिय प्रहरीका डिएगो सेरलले ला फोन्डाको छत भत्किएको बताए, जसले पीडितहरूलाई भेट्टाउन र के भयो भनेर काम गर्न चुनौतीपूर्ण बनाएको छ । यद्धपि सो घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास जारी छ ।