🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सदनमा निगमलाई रविको प्रश्न : ‘कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैँ घाटामा छु भन्छ । के हो ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निर्क्योल गर्न माग गरेका छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा उनले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे । ‘आयल निगम आयात पनि आफैँ गर्छ । व्यापार पनि आफैँ गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैँ गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैँ घाटामा छु भन्छ । घाटा के हो ?’ उनले भने,  ‘निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुई-तीन दिन किन लगाउँछ ?’

त्यस्तै उनले, संविधान दिवसको अवसरमा दिएको आममाफिप्रति चर्को असन्तुष्टि पोखे । ‘राष्ट्रपति ज्यूले संविधान दिवसको दिनमा भोज राख्नु भएको थियो तर म सहभागि हुन सकिन् । तर संयोग बस त्यो भोज थिएन् । त्यो दिन दाहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछ । म खुसि छु त्यो पार्टीमा जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधान जसलाई लिएर यो देशले आशा भरोसा राखेको छ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिलले दिएका आममाफिप्रति रास्वपाले विरोध गर्दै आएको छ ।