🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हत्या आराेपमा एकजना पक्राउ

सप्तरी । कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनरुप नगरपालिका-९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा उक्त दिन राहुल र पशुपति सँगै रहेको अवस्थामा घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी भारतबाट लागूऔषध खरिद गरी अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस अवस्थामा हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको खुल्न आएको छ । 

उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।