सचिव डा. कृष्णहरि पुष्करको किन भयो कमव्याक ?
काठमाडौं । सरकारले सचिव डा. कृष्णहरि पुष्करलाई पुन अर्थ मन्त्रालयमा भित्र्याएको छ । २०८० भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई फेरि अर्थ सचिवको जिम्मेवारीमा फर्काएकोमा कर्मचारीहरुले भने आश्चर्य प्रकट गरेका छन । रोचक कुरा के छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको एकाध महिना बित्न नपाउँदै अति महत्वपूर्ण र जटिल अर्थ मन्त्रालयमा सरुवा गर्नैपर्ने सरकारलाई के बाध्यता आइलाग्यो भन्ने प्रश्न पनि निजामती प्रशासनमा उठेको छ ।
कर्ण जनार्दन शर्मा अर्थ मन्त्री हुँदा राजस्व सचिव हुँदै अर्थ सचिव भएका थिए । आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिलाई बजेट कक्षमा प्रवेश गराई केही व्यापारी र उद्योगीलाई फाइदा हुने र राज्यलाई नोक्सान पुग्ने गरी करका दर हेरफेर गरिएको थियो । उक्त घटना र सो विवादको सिसिटिभी फुटेज मेटिएको घटनाका कारण तत्कालीन अर्थ सचिव मधु कुमार मरासिनीले सरूवा मागेर प्रधानमन्त्री कार्यालयमा सरुवा भए पछि पुष्कर अर्थ सचिवको जिम्मेवारीमा पुगेका थिए ।
अर्थ सचिवमा पुन दोहोरिनेमा शान्तराज सुवेदी र कर्ण परेका छन । शिशिर कुमार ढुंगानालाई राजश्व सचिव भएकै बखत तत्कालीन मन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेका थिए । पछि एमाले नेता बिष्णु प्रसाद पौडेल मन्त्री भएपछि ढुंगानालाई अर्थ सचिवमा भित्र्याएका थिए । त्यसयता दोहोरिएर अर्थ सचिव हुने भाग्यमानीमा पुष्कर परेका छन । सुवेदी र ढुंगाना विवादमा नआएपनि पुष्कर भने अर्थ सचिव भएपछि एकपछि अर्काे विवादमा पर्दै आएका छन ।
राजस्व÷कर प्रशासन नबुझेका पुस्करलाई दबाब र आफ्नो अनुकूलको काम गराउन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा अर्थ मन्त्री भएका बेलामा नेपाली काँग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाको जोडबलमा राजस्व सचिव बनाइएको थियो । अर्थ सचिव पुष्कर र अर्थ मन्त्री जनार्दन शर्मा हुँदा राजश्व उठ्तीको कहालीलाग्दो अवस्थामा पुगेको र तस्करी बढेको, पाम आयल, सुपारी, मरिच, पोस्तादाना र ल्वाङ तेस्रो मुलुकबाट नेपाल झिकाई नेपालबाट भारतमा ठुलै मात्रामा तस्करी भएको थियो ।
अर्थ सचिव पुष्कर र अर्थ मन्त्री जनार्दन शर्मा हुँदा राजस्व असुली नेपालको राजस्व प्रशासनको इतिहासमै लक्ष्य भन्दा सबै भन्दा कम असुल भएको थियो । लक्ष्यको ४० प्रतिशत राजस्व असुल हुन नसकि साधारण खर्च र विकास खर्च बजेटको भन्दा २० प्रतिशतले घटाउनु परेको थियो । अहिले बिदेशीको दवाव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, आरजुको रुचीमा फेरि पुस्करलाई अर्थमा भित्र्याइएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औं साधारण सभामा जानु अघि पुस्करलाई अर्थमा भित्र्याएर विदेश उड्नुले पनि शंका पैदा गरेको छ । उनले विगतमा राजस्व र अर्थ सचिव हुँदा के त्यस्तो चमत्कार गरेका थिए र उनलाई पुनः अर्थमा भित्र्याइयो भन्ने प्रश्न राजस्व कर्मचारीहरूले गर्न थालेका छन । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आरजुको दबाबमा विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव अर्जुन प्रसाद पोखरेललाई अर्थ सचिव बनाएका थिए ।
अहिले पुस्करलाई आरजु राणाकै इन्ट्रेस्टमा पुन अर्थमा लगिएको चर्चा छ । तर, सचिव पोखरेलको कमजोर कार्यसम्पादन र निर्णय क्षमताकै कारण उनलाई हटाएर पुस्करलाई लगिएको स्रोतले बताएको छ । सँधै विदेशी शक्ति केन्द्र र पावर सेन्टरको इसारामा काम गर्ने बानी लागेका पुष्कर मन्त्रीको आदेश अनुसार गैरकानूनी काम गर्न तयार हुने भएकाले नै उनको अर्थ मन्त्रालयमा कमव्याक भएको स्रोतको बुझाई छ ।
भारत र अमेरिका जस्ता अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले नेपालमा चिनियाँ बिआरआई सहयोग रोक्न र एमसीसी परियोजना द्रुतगतिमा अगाडि बढाउन पनि पुस्करलाई लगिएको चर्चा हुँदै आएको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेतले पनि पुस्करलाई नै पुनः अर्थमा भित्र्याउन चाहना राख्दै आएको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस