• बिहीबार-असोज-२-२०८२

जेन–जी आन्दोलनका हस्ताक्षरकर्ता किन वेपत्ता भए  : सबल र पुरुषोत्तम अहिले कहाँ छन् ?

काठमाडौं । २०८२ भदौ २३ गते माइतीघर मण्डलामा आयोजना गरिएको जेन–जी आन्दोलनसम्बन्धी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सुरक्षाको व्यवस्था मिलाइदिन माग गर्दै पेश गरिएको निवेदन अहिले चर्चाको विषय बनेको छ। उक्त निवेदनमा सबल गाैतम र पुरुषोत्तम यादवका हस्ताक्षर छन्। तर आन्दोलन देशव्यापी बनेका बेला ती दुई व्यक्ति सार्वजनिक रूपमा कतै देखिँदैनन्।

सो निवेदनलाई कतिपयले “जेन–जी आन्दोलनको पहिलो औपचारिक दस्तावेज” भन्दै साझा गर्दै आएका छन्। तर, आन्दोलन चर्किंदै जाँदा हस्ताक्षरकर्ताहरू अग्रपंक्तिमा देखिनु त परै जाओस्, उनीहरूको हालसम्मको अवस्थाबारे ठोस जानकारी समेत सार्वजनिक भएको छैन। यस कारण याे निवेदन पनि शंकाकाे घेरामा परेकाे छ । 

आन्दोलनको सुरुवात र प्रश्न

मूल कागजातमा स्पष्ट मिति, स्थान र कार्यक्रको जिम्मेवारी उल्लेख छ। यसैलाई आधार मानेर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ- “जेन–जीका असली अनुहार हुन् भने यही दुई युवा अहिले कहाँ हराए ?”
राजनीतिक वृत्तभित्र समेत चर्चा छ कि प्रारम्भिक चरणमा संयोजक बनेका यी दुईलाई आन्दोलनको मुख्यधाराबाट पछि धकेलियो कि, वा उनीहरू स्वेच्छाले पछाडि हटे कि याे निवेदन नै फेक हाे ?

सम्भावित कारण

विश्लेषकहरूले यसको तीन कारण देख्छन्-१) आन्दोलन व्यापक हुँदै जाँदा राजनीतिक शक्तिहरूले कमान्ड आफ्नो पक्षमा तानेको,
२) सुरक्षा निकायको चासो र सम्भावित दबाबका कारण उनीहरू सार्वजनिक रूपमा नदेखिएको, ३) वा व्यक्तिगत कारणले उनीहरूले अग्रपंक्ति छोडेको।

तर, यीमध्ये कुनै पनि कारण पुष्टि भएको छैन, अनेक आशंका जन्मिएका छन्  ।

प्रशासन र सुरक्षातर्फ मौनता

जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन। निवेदन दर्ता गरिएको थियो कि थिएन भन्नेबारे समेत स्पष्ट पारिएको छैन। प्रहरी निकायले पनि यस विषयमा औपचारिक रूपमा केही बताएको छैन।

नागरिकको शंका

सामाजिक सञ्जालमा नागरिकहरू टिप्पणी गर्दै लेखेका छन्- “प्रारम्भिक हस्ताक्षरकर्ताहरू नै बेपत्ता हुँदा आन्दोलनको पारदर्शिता प्रश्नमा पर्छ।”
कतिपयले यसलाई “आन्दोलनको नेतृत्व कब्जा गर्ने रणनीति” भनेका छन् भने केहीले “व्यक्तिगत सुरक्षाका कारण उनीहरू सार्वजनिक रूपमा आउन नसकेको” भन्दै बचाउ गरेका छन्। 

निष्कर्ष

जेन–जी आन्दोलन अहिले देशभर चर्चामा छ। तर यसको प्रारम्भिक हस्ताक्षरकर्ताका रूपमा चिनिएका सबल गाैतम र पुरुषोत्तम यादवको वास्तविक अवस्थाबारे अझै स्पष्टीकरण आएको छैन। यस प्रश्नको जवाफ नआएसम्म आन्दोलनको नेतृत्व र पारदर्शितामाथि शंका उठिरहने देखिन्छ। कि याे फेक हाे भन्नु पर्याे कि यी दुई युवाहरूकाे अवस्था सार्वजनिक हुनु पर्याे । 

प्रतिकृया दिनुहोस