🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१९औँ एसियाली खेलकुद : पहिलो स्वर्ण चीनको खातामा

हाङ्झाउ, ७ असोज (रासस /एएफपी) : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । 

महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो ।  ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् । 

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए । ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुप¥यो भने  इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् । 

महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी  त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन्भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ । 

भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ । 
–––