🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश नं ७ का २३ सांसदद्वारा एकताबद्ध हुन आह्वान

काठमाडौँ, १०  भदौ (रासस) : प्रदेश नं ७ बाट सङ्घीय संसदमा  प्रतिनिधित्व गर्ने २३ जना सांसदले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि उत्पन्न असामान्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बद्ध सबैमा जिम्मेवारी बोधका साथ एकताबद्ध हुन आह्वान गरेका छन् । 

भदौ ९ गते  अपराह्न छ बुँदे प्रेस वक्तव्य जारी गर्दै सांसदहरूले निर्मला हत्या प्रकरणको उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन्  । वार्ता र संयमको बाटो अपनाउन सबैमा अनुरोध गर्दै सांसदहरूले हिंसात्मक बाटोमा अग्रसर नहुन पनि सम्बद्ध पक्षसँग आग्रह गरेका छन्  । 

राजनीतिक दलका सरोकारवाला सबैलाई संयमित भएर दोषी पत्ता लगाउन तथा कानूनको पालना गर्न अनुरोध गर्दै वक्तव्य जारी गर्ने सांसदहरूमा भीम रावल, झपट रावल, निरुदेवी पाल, दीपकप्रकाश भट्ट, हरिराम चौधरी, यज्ञ बोगटी, निरा जैरु, आशा विकलगायत छन्  । 
–––