🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इरानमा हिजाब नलगाउने महिलालाई १० बर्षसम्म जेल सजाय

तेहरान, ५ असोज । अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ । हालै इरानको संसदले पारित गरेको बिधेयकले हिजाब नलगाउने महिलालाई १० बर्षसम्मको जेल सजायँको ब्यवस्था गरेको हो । 

समाचार अनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ। यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् । 

हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ । इरानको संसदले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हाे । 

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानूनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ ।