🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा दक्षिणकालीस्थित बागमती नदीबाट लामाको सकुशल उद्धार

  
काठमाडौँ ४ असोज । सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । 

गए राति काठमाडौँको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

\"\"

पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । उक्त खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलवाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो ।

\"\"

मोटरबोटसहित गएको सशस्त्र प्रहरीको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरी २०८० असोज ४ गते विहानको २ बजेको समयमा सकुशल उद्धार गरिएसँगै लामालाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।–––