🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाका हरिचन्द्रले ‘सबैभन्दा छोटो समयमा हातले टेकेर भर्‍याङ् ओर्लिने शीर्षकमा वर्ल्ड रेकर्ड राखे

काठमाडाैं । गिरीले २५.०३ सेकेन्डमा भर्‍याङको ७५ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्डसमा नाम लेखाउन सफल भएका हुन् ।

\"\"

यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डस् मा नाम लेखाएका थिए । केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङ स्थायी घर भएका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

हालै बुढानीलकण्ठको जाम्चेन विजय स्तूपामा भर्‍याङ्का ७५ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै ओर्लिएर गिरीले विश्व रेकर्ड राखेका हुन्। उनले आधिकारिक रुपमा सर्टिफिकेट हात पारिसकेका छन ।

गिरीको यो कलालाई मन पराएर साथ दिंदै नेपाल आर्मीका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम् भन्डारीले उनलाई नेपाल आर्मीको खेलकुद केन्द्रमा ल्याएका  थिए । जसले गर्दा आफ्नाे कलालाई सुधार गर्न सहयाेग मिलेकाे थियाे ।

यसअघि गिरीले तीन वटा शीर्षकमा गिनिज वर्ल्ड रेकर्डस् मा नाम लेखाईसकेका छन् । खुट्टाको बिचमा बल राखेर हातले टेकेर हिंड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो रेकर्ड राखेका थिए । यही शीर्षकमा ५० मिटर दुरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो रेकर्ड राखेका थिए ।

 यस्तै भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भएका थिए ।

अब फेरि ५औं रेक्रडको लागि तयारी गर्दै छन।अव उनले टायर माथि सर्वाधिक डोरी एक मिनेटमा खेलेर नयां विश्व किर्तिमान गर्ने अभ्यासरत छन।

गिरी २०७७ सालमा आयोजित आर्मी गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट जवान समेत हुन । यस लगाएत ऊनी हिमालय रोडिज सिजन ४ मा सहभागिता जनाई culling round मा बाहिरिएका थिए ।