🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेका महेश श्रेष्ठलाई जापानमा स्वागत

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११औं महाधिवेशनका लागि काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै जापान पुगेका महेशकुमार श्रेष्ठलाई स्थानीय गैरआवासीय नेपालीहरुले नारिता विमानस्थलमा स्वागत गरेका छन् । श्रेष्ठसँगै महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीलाई पनि स्वागत गरिएको छ ।\"\"

\"\"
आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि भदाै २९ गते  शुक्रबार काठमाडौंमा एक समारोहबीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी दौडाहामा उत्रिएका श्रेष्ठले  जापानमा भएको स्वागतले विजयका लागि उत्साहित गराएको प्रतिक्रिया दिए । जापानका विभिन्न शहरबाट स्वागतका लागि पुगेका शुभेच्छुकहरुले उनलाई विजयको शुभकामना दिएक थिए ।

  विमानस्थलमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै संघको अध्यक्षमा विजयी भएको तीन महिनाभित्र एक्सन प्लान र रणनीति बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

‘प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने ।

त्यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका प्रत्यासी सुवेदीले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिंदै संघका राष्ट्रिय समन्वय परिषद ९एनसीसी० हरुलाई स्वायत्तता दिनका लागि आफूले प्रयास गर्ने बताए । उनले भने,‘अध्यक्ष श्रेष्ठसहितको हाम्रो टीम जुझारु र लगनशील छ । हामी काममा विश्वास गर्छौं र दुई बर्षभित्र गैर आवसीय नेपालीहरुका पक्षमा र मात्रीभूमिका लागि परिणाममुखी काम गरेर देखाउनेछौं ।’

गत शुक्रबार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा  श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई वर्षको लागि  पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए ।

समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे ।

श्रेष्ठ र सुवेदी जापान हुँदै कोरिया, मध्यपूर्व, मलेसियालगायतका देशहरुमा पुगेर गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको  छ ।