• शनिबार-श्रावण-१२-२०८१

खाली प्लास्टिकको बोत्तल नै स्कुलको फी !

 

पछिल्लो समय शिक्षा यति महंगो बन्दै गएको छ कि, निजी विद्यालयमा सामान्य विद्यार्थीले पढ्न नसक्ने अवस्था छ । तर, छिमेकी मुलुक भारतको एक विद्यालयले विचित्रको योजना बाहिर ल्याएको छ । भारतको आसामको एक स्कुल पछिल्लो समयमा निकै चर्चामा छ । अक्सर फोरम नामको गुवाहटीको यो विद्यालयले स्कुलका बच्चाबच्चीले शुल्क स्वरुप पैसा नभई खाली प्लास्टिकको बोत्तल जम्मा गर्नुपर्ने योजना ल्याएको छ ।

 

आसामको यो स्कुलले ग्रामीण क्षेत्रका सयौं बच्चाहरुलाई शिक्षा दिने गर्दछ । पैसाको सट्टा बच्चाहरुले हरेक हप्ता पच्चिसवटा खाली बोत्तल जम्मा गर्नुपर्ने हुन्छ । त्यस क्षेत्रको वरिपरि सरसफाई गर्न र सामाजिक शैक्षिक ज्ञान प्रदान गर्नका लागि यस्तो स्किम ल्याइएको बताइन्छ । अझ यसरी जम्मा गरिएको प्लास्टिक इँटा, सडक र शौचालय बनाउन प्रयोग गरिन्छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस