🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौँको गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ गरी सार्वजनिक

काठमाडौँ, ३१ भदौ । मिति २०८० भदौ २९ गते शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सिसी टिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताउनुभयो । 

\"\"अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर । तस्बिर ः विमलबहादुर बिष्ट/रासस
 

उहाँले भन्नुभयो, “बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।”

चार जनाको हत्या गरेपछि आरोपी भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए र त्यहाँ उनको साथीको घर भएको तथा राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए । तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिनुभयो । 

\"\"अभियुक्त सञ्जय भण्डारीले हत्यामा प्रयोग गरेको खुकुरीलगायतका सामग्रीहरु । तस्बिर ः विमलबहादुर विष्ट/रासस
 

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिइएको जनाइएको छ ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उहाँकी पत्नी अम्बिका भुजेल र उहाँकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।
–––