काठमाण्डौँ जिल्ला कीर्तिपुर नगरपालिका पाँगा एरियामा डेरा कोठाबाट गैरकानूनी रुपमा कल सेन्टर संचालन गरिरहेको छ भन्ने सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले २०८० भदाै २७ गते पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्ला सिन्धुपालचोक बाह्रविसे न.पा.वडा नं. ७ घर भई हाल जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका पाँगा बस्ने वर्ष २० को मिलन थापालाई रहेकाे छ ।
निज अभियुक्तबाट ३७०० थान NCELL को सिम कार्ड, २३ थान Laptop र विभिन्न ब्यक्तिहरुको नागरिकता थान- २७ सहित पक्राउ गरी अनुसन्धान कार्य भइरहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले जानकारी दिएकाे छ।
पक्राउ ब्यक्ति:
नाम थर:- मिलन थापा
स्थायी वतन:- जिल्ला सिन्धुपालचोक बाह्रबिसे न.पा.७
हाल:- जिल्ला काठमाण्डौ किर्तिपुर न.पा. पाँगा
उमेर: २० बर्ष
बरामद समानहरु:-
NCELL कम्पनीको सिम कार्ड थान- ३७००
विभिन्न कम्पनीको Laptop थान- २३
विभिन्न ब्यक्तिहरुको नागरिकता थान- २७
मतदाता परिचय पत्र थान- १
राहदानी थान- १
स्थायी लेखा नं. थान- २



