🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा वाइडेन भन्दा ट्रम्प लोकप्रिय

वासिगटन डिसी, २८ भदौं । अमेरिकामा राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन् ।

अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन ।

सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा राखेका छन् ।

तर, ४६ प्रतिशत जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिको रूपमा हेर्न चाहेको बताएका छन् ।

सो सर्वेक्षणमा राष्ट्रिय संकटको अवस्था सामना गर्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका छन जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।

साथै, ५० प्रतिशत मतदाताले बाराक ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा हन्टर बाइडेनको युक्रेन र चीनसँगको व्यापारिक सम्झौतामा जो बाइडेन संलग्न भएको ठान्छन् भने ४० प्रतिशत मतदाताले जो बाइडेन संलग्न नभएको महसुस गर्छन्।

जहाँ ३५ प्रतिशत मतदाताले जो बाइडेन युक्रेन र चीनसँगको हन्टर बाइडेनको व्यापारिक कारोबारमा संलग्न रहेको र उनले केही गैरकानूनी काम गरेको विश्वास गर्छन् ।

१३ प्रतिशत मतदाताले उनी सो कारोबारमा संलग्न रहेको र उनले अनैतिक काम गरेको विश्वाससमेत गर्छन् । तर, त्यसमा कुनै र केही गैरकानूनी कार्य भएको अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।