🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आपराधिक लाभको आरोपमा सुरज कुमार श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक्स्टर्सनको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पीडितलाई कुटपिट गरी जवरजस्ती बिस लाखको चेक र आठ लाख पचास हजारको कागज गराई अपराधिक लाभ लिने कार्यमा संलग्न काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने ३३ वर्षको सुरज कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काँडाघारी स्थित घरजग्गा कारोबार तथा ड्राइभिङ्ग सेन्टर संचालन गर्ने कार्यालयमा पिडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिएको राखेका थिए ।

श्रेष्ठलाई २०८० भदाै २५ गते काँडाघारीबाट पक्राउ गरी भदाै २६ गते आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ ।

सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी रहेको छ । सुरज कुमार श्रेष्ठ जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको ।