काठमाडौं । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले सरुवादेखि औषधि खरिदसम्मको कमिसन संकलनका लागि छुट्टाछुट्टै ब्यक्ति परिचालन गरेको मन्त्रालय स्रँेत बताउछ । सचिव चौधरीले सरुवादेखि हरेक निर्णयमा अनावश्यक अत्तो थापेर हैरान पारेको गुनासो उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसम्म पुगेको मन्त्रीको सचिवालय स्रँेतबाट थाहा भएको छ ।
उनी पनि स्वास्थ्य सचिवको द्रब्यमोह देखेर विकल्प खोजीमा लागेको समाचार छ । यद्यपि मधेशी मूलकी सचिव भएका कारण मन्त्रीले उनलाई सरुवा गर्ने जोखिम मोल्न नसकेको स्रँेत बताउछ । तर, मन्त्रालयमा काम गर्र्नै नदिने, रकमकलममा कुरा नमिलेसम्म फाइल रोकेर राख्ने सचिवको शैली देखेर मन्त्री वाक्कदिक्क भएको बताइन्छ । र, प्रधानमन्त्री केपी ओलीसंग सचिव परिवर्तनबारे सल्लाहसमेत गरिसकेको स्रोतले बताएको छ ।
यसअघि तत्कालीन स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले पनि सचिवको सहयोग नपाएको गुनासो पटक पटक प्रधानमन्त्री ओलीलाई गरेकी थिइन् । तर मुख्यसचिव लोकदर्शन रेग्मीले महिला भएकाले सचिव सरुवा गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका कारण हुन सकेको थिएन । मुख्यसचिव रेग्मीले सचिव चौधरीलाई यतिसम्म संरक्षण गरेका छन् कि उनको विदेश भ्रमणको फाइल तुरुन्त पेश गरी निर्णय गराउने गरेका छन् । तर, अरु मन्त्रालयका सचिवको विदेश भ्रमणको फाइल एक हप्तासम्म क्याविनेटमा पेश नगरी झुलाउने गरेको आरोप छ । सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाए पनि सचिव चौधरी जानै नपर्ने कार्यक्रममा समेत पटक पटक विदेश गइसकेकी छिन् ।
यसैबीच, सचिव चौधरीले मन्त्रालयका सरुवामा रकम संकलन गर्नका लागि मन्त्रालयको प्रशासनका शाखा अधिकृत प्रेम दुवा र आफ्नै निजी सचिव सोभित रिजाललाई फिट गरेको गुनासो कर्मचारीहरू रहेको छ । विभागअन्तर्गतका सरुवामा ‘डिल गर्न’का लागि सचिव चौधरीले स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखाका अहेव ललन साहलाई दिएको कर्मचारी स्रँेत बताउछ । ललन साहलाई उनले आपूर्तिको औषधि र उपकरण खरिद समितिको सदस्यमा राखेकी छिन् । सचिवको निर्देशनमा उनले औषधि र उपकरण ब्यापारीसंग डिल गर्दैआएका छन् ।
ललन साहले महानिर्देशकसंग समन्वय नगरी उनले सीधै ब्यापारीसंग डिल गर्दैआएका छन् । सचिवको मानिसकारुपमा उनले डिल गरेका कम्पनीहरूसंग औषधि र उपकरण खरिद गर्न दबाब दिने गरेको गुनासो छ । औषधि र उपकरणको गुणस्तर र मूल्यका बारेमा प्रश्न उठाउने फार्मेसिष्ट र खोप सुपरभाइजरको दरबन्दी नै स्टोरबाट काट्ने काम गरेका छन् ।
सचिव चौधरीले ललनले भनेका ब्यापारीलाई असहयोग गर्ने खोप सुपरभाइजर र फार्मेसिष्टको दरबन्दी कटौती गरिदिएकी छिन् । अहेब ललन साहको आतंक यति छ कि उनलाई स्वास्थ्य मन्त्रालयमा छायाँ सचिवको संज्ञा दिने गरिन्छ । सचिव चौधरीले उनलाई जहाँ जाँदा पनि संगै लाने गरेको समाचार स्रँेत बताउछ । विदेश जाँदा पनि प्रायः ललन साह नछुट्ने गरेको मन्त्रालय स्रोतले बताएको छ ।
ब्यवस्थापनबाट सरुवा गरिए पनि पुनः सचिवको दबाबमा ल्याइएका डा. हेमन्त ओझाले अस्पतालहरूबाट कमिसन उठाउने जिम्मा पाएका छन् । २०७५ साउन १ गते पोखरा सरुवा भए पनि सचिव चौधरीले नै रमाना नदिनू भनेपछि रोकिएका राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकुका कुन्ज जोशी पनि सचिवका अर्का कमिसन संकलक हुन् । केन्द्रका निर्देशक सुनिल शर्मा दैनिक १ घन्टामात्र हाजिर गर्ने र सबै काम जोशीलाई गर्न छुट दिएका छन् । जोशीले ललन साहमार्फत् नै सचिवलाई खुसी पारेपछि उनलाई पोखराको लागि रमाना नदिई राखिएको कर्मचारी स्रोत बताउछ । (साँघु साप्ताहिक भदौ ४)



