बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट भाद्र २५ गते सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको
युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई २०८० भदाै २५ गते पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ ।
भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो ।
भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य रु दुई लाख रहेको बताइएको छ ।



