भिटामिन ए स्वास्थ्यका लागि एकदमै आवश्यक पोषकतत्व हो । जानौं भिटामिन ए को कमीले शरीरमा हुनसक्ने केही समस्या :
बाँझोपनको समस्या : महिला तथा पुरुषमा राम्रो प्रजनन क्षमताका लागि भिटामिन ए को आवश्यकता पर्दछ ।
घाँटी सम्बन्धी समस्या : पटक पटक घाँटीमा इन्फेक्सन हुनु भिटामिन ए को कमीको संकेत हुनसक्छ । यसको कमी हुनु घाँटी र छातीसँग जोडिएका समस्याहरु हुन सक्छन् ।
घाउ छिटो निको नहुनु : चोट लागेपछि घाउ छिटो निको हुँदैन भने त्यो पनि भिटामिन ए को कमीका कारण हुनसक्छ । भिटामिन ए ले शरीरमा कोलेजनको मात्रा बढाउँछ, जसले घाउ भर्न मत गर्दछ । साथसाथै छाला र अन्य समस्याबाट मुक्त हुनका लागि भिटामिन ए शरीरलाई आवश्यक पर्दछ ।
चिलाउने र सुन्निने समस्या : छालाको कोषको निर्माण र सम्भारका लागि भिटामिन ए को भूमिका राम्रो हुन्छ । भिटामिन ए को कमीबाट एक्जिमाजस्तो समस्या हुने गर्दछ, जसले छाला चिलाउने र सुन्निने समस्या हुन सक्छ । भिटामिन ए को कमीले ओंठ सुक्ने पनि हुन्छ ।
आँखाको समस्या : भिटामिन ए को कमीले आँखाको कोर्निया सुख्खा हुन जान्छ, जसकारण रतन्धो हुने सम्भावना रहन्छ । रतन्धोको समस्यामा व्यक्तिले राम्रोसँग देख्न सक्दैन ।



