🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । 

    उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।