🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सबइञ्जिनियर प्रकाश झाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, ४ भदौ (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास प्यूठान सडक आयोजना गुल्मीमा कार्यरत सबइञ्जिनियर प्रकाश झाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

सडक आयोजनाको ठेक्काको रनिङ बिल मूल्याङ्कन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख घुसबापतको रकम लिएको अवस्थामा आयोगको कार्यालय बुटवलको टोलीले केही दिनअघि पक्राउ गरेको थियो ।

सबइञ्जिनियर झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम कसुर गरेको देखिन आएकाले बिगो रु एक लाख कायम गरी सोही बराबरको जरिवाना र कैद सजाय माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए  । 

यसैगरी आयोगले आजै जनकल्याण प्राथमिक विद्यालय र नवलपरासीका शिक्षिका तारादेवी ठाडा मगरविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

मगरले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको हाईस्कूल सरहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रावि राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति लिई लाभ लिएको देखिन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
–––