काठमाडौं । नेपाल तुलनात्मक रुपमा धार्मिक र जातीय साम्प्रदायिक गतिविधिमा शान्त भएको मुलुकमा पर्दथ्यो । विगत केही वर्षदेखि आन्तरिक भन्दा पनि बाह्य चासो र सक्रियताले नेपालभित्र धार्मिक र जातीय तनाव एकसाथ बढ्न थालेको छ । विगत लामो समयदेखि दातृनिकाय र आईएनजीओहरुको प्रभावले नेपालमा जातीय र धार्मिक समूहभित्र विभाजन र द्वन्द्वको प्रयास भइरहेका थिए । त्यसमा माओवादी सशस्त्र युद्धले जातीय मुद्दालाई प्राथमिकता दिन थालेपछि थप मलजल हुने मौका पाएको थियो ।
पहिचानको मुद्दाको कुरा पहिलादेखि उठेको र त्यसमा धार्मिक मुद्दा छिरेपछि थप समस्या हुन थालेको थियो । त्यो समस्या पछिल्लोपटक धरानमा देखियो । पहिला पहिला धरानमा पहिचानको मुद्दाले धेरै प्राथमिकता पाउने गरेको थियो । त्यो पहिचानको मुद्दामा अहिले धार्मिक मुद्दा छि¥यो । त्यो मुद्दामा राजनीतिक संरक्षण पनि पाउने अवस्था भएपछि थप प्रभावित भएको पनि टिप्पणी भइरहेको छ । नेपाललाई इसाईकरण गराउने प्रयासमा पश्चिमा मुलुकको प्रयास आजबाट भने होइन् । त्यसकारण धरानजस्तै नेपालका प्रमुख शहरमात्र होइन, दुरदराजका गाउँहरुमा पनि इसाईकरणका प्रयास भइरहेका छन् ।
नेपालमा सबैभन्दा छिटो इसाईकरण फैलिएको क्षेत्रको रुपमा धरानलाई लिने गरिएको छ । धरानको राजनीतिक आन्दोलनको आडमा इसाईकरण फैलिने गरेको थियो । त्यसो हुनुमा इसाई समुदायले प्राथमिकता दिनु पनि मुख्य कारण हो । धरान र आसपासका हिन्दु धर्मका बुढा सुब्बा र बराह, चतराधाम जस्ता प्रमुख क्षेत्रहरुलाई प्रभावित पार्ने गरी उनीहरुले योजनाबद्ध रुपमा उक्त मुद्दालाई उठाइरहेको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ । धरान शहरमा कति छिटो इसाईहरुको फैलावट थियो भन्नेका लागि हरेक वडामा पुगेका ६५ वटा चर्च कमिटीहरु हेर्दा पनि थाहा हुन्छ ।
धर्म विस्तारको खेलमा उनीहरुले प्रशस्त चर्चहरु बनाएका छन् । धरानमात्रै चर्चको संख्या ६५ भन्दा बढी रहेका छन् । त्यसले गर्दा उनीहरुमा आत्मबल पनि बढेको देखिन्छ । हिन्दु र अन्य धर्ममाथि थिचोमिचो गर्नका लागि उनीहरु मनोवैज्ञानिक रुपमा बलियो संख्याको कारण भइरहेका भए पनि पछिल्ला दिनमा मेयर हर्क साम्पाङले इसाईलाई साथ दिनाले गर्दा पनि थप बल पाएको बताइन्छ । मेयर सापम्पाङमाथि पनि इसाई भएको आरोप लागेको छ । साम्पाङकै कारण उनीहरुले राजनीतिक संरक्षण पाएको र त्यसबाट उनीहरुमा मनोबल बढेको मानिएको छ ।
धरानमा जति पनि चर्चहरु छन् त्यसको संरक्षणमा मेयर साम्पाङ लागेकै छन्, त्यसबाहेक मन्दिरको छेऊमा चर्च बनाउने कर्मको सहयोगी पनि उनै बनेका छन् । त्यसले धार्मिक विवाद ल्याउँछ भन्ने बुझ्दा बुझ्दै उनले मन्दिरको छेऊमा बनेको चर्चको विषयमा कुनै निर्णय लिएनन् । मन्दिरको छेऊमा सुपरमार्केट बनाउने भनेर चर्च बनेको थियो । त्यसले पनि उनीमाथि प्रश्न उठेकै थियो तर सामाजिक सञ्जालमा थप धार्मिक र जातीय सद्भाव भड्काउने गरी मेयर साम्पाङले अभिव्यक्ति दिन थालेका थिए ।
अहिले दर्र्जनौ चर्च सम्बद्धहरु सक्रिय भएर आन्दोलनमा पनि निस्कने यस्ता इसाईका संस्थाहरुमा धरान महिला संगती टिन्ज मिनिस्ट्र धरान, धरान ख्रीष्टिय युवा संगती, आशिष प्रेसबिटिरियन स्वतन्त्र मण्डल धरान–१५, धरान ख्रीष्टिय आमा दिदीबहिनी संगती, लड्र्ज होम नेपाल, विलाप प्रार्थना समूह धरान, आमा संगती धरान इसाई पास्टर अगुवा संघ, हिमाली प्रार्थना संगती, धरान इसाई पास्टर अगुवा संघ, केराबारी ख्रीष्टियन समाज, धरान ख्रीष्टिय समाज, धरान ख्रीष्टिय पास्टर तथा अगुवा संगती, ज्योति चर्च देउराली, भिकटोरी चर्च देउराली, बेथलेहम केन्द्र चर्च, विजय नमुना चर्च, विजय चर्च बसन्तटार, शालोम चर्च धरान, बेथलेहम चर्च, प्रतापि मण्डली देउराली, गेतसमनी चर्च देउराली, हिषप चर्च दशघरे, होसन्न चर्च पनबारा, एलोहिम चर्च पानबारा, हेब्रोन चर्च पानबारा, जैतुन चर्च डिङाबारी, डुनामिस चर्च देउराली, बेथेल चर्च धरान ५, एलोहिम चर्च, धरान ५, अनुग्रह चर्च धरान १५, इम्मानुएल कृपा चर्च १५, ब्रदेरेन एसेम्बली धरान १५, नेपाल प्रेस्बिटिरियन चर्च, धरान १५, धरान कनान चर्च, धरान १५, एदोन चर्च धरान १५, जो ओर्शिप चर्च धरान १५, जीवित वचन मण्डली धरान १५, धरान बप्तिस चर्च, धरान १५, इस्ट्र्न बिलिभर्स चर्च, धरान ३, उच्च जाग्रती मण्डली, ख्रीष्टियन चर्च धरान, चर्च अफ गड धरान, यर्दन चर्च धरान, सियोन मेथोडिस्ट चर्च धरान १६, हिशप चर्च धरान ११ बेतसेदा चर्च धरान, नयाँ सृष्टिको मण्डली धरान, प्रेसबिटिरिञ फेल्लोशिप धरान, धरान पवित्र चर्च, एलोहिम चर्च धरान, ईसिसि चर्च धरान, धरान इसाई संगती सानोबगाल प्रेरितिय मण्डली धरान, प्रशंसा महिमा बप्तिस चर्च, होस्सन्ना बप्तिस चर्च धरान, कलबरी चर्च धरान, एलोहिम झुन्ड धरान १७, उदय ख्रीष्टियन चर्च, पुनःरुथान ख्रीष्टको मण्डली, एलोहिम चर्च बिस्नुपादुका, शान्ति चर्च चुला चुली, नेपाल मुक्ति मण्डली धरान, अभिषेक चर्च धरान, होप धरान र ओइकस चर्च धरानलागयतका दर्जनौ दर्जन चर्चहरु जन्मिरहेका छन् । अहिले तिनै चर्चबाट आन्दोलन छेडिएको धरानका बुद्धिजीवी बताउछन् ।
उनीहरुले हिन्दुहरुको पवित्र तीर्थस्थल, बुढासुब्बा, पीण्डेश्वर, वाराह क्षेत्रलगायतलाई टार्गेट गरेर आन्दोलन चर्काउन थालेका छन् । ती तीर्थस्थलमाथि आक्रमण र अतिक्रमण गर्नेगरी इसाई समुदायले नियोजित रुपमा धरानमा आन्दोलन गर्ने र संविधान र कानूनले बर्जित गरेको जनवार गोरु काटेर खानेजस्ता शान्त समाजलाई भड्काउ र उत्तेजित पार्ने काम गरेका छन् । संविधानले नै गौबधलाई रोक लगाएको छ । संसारका हरेक देशमा राष्ट्रिय जनवार हुने ती राष्ट्रिय जनवारलाई काटेर खाने चलन रहेको छैन । कनूनतः उक्त जनवारको हत्या दण्डनीय मानिएको छ । तर, नेपालमा धर्मनिरपेक्षताको नाममा ८० प्रतिशत हिन्दुमाथि दमन गर्ने दुष्प्रयास भइरहेको छ ।
संविधानले बन्देज लगाएको विषयलाई स्वीकार गर्नुपर्ने र दण्डनीय हुनुपर्ने रास्वपाका सभापति रवि लामिछानेले पनि भनेका छन् । प्रधानममन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले सद्भावको कुरा गरेका छन् । तर, राजनीतिक नेतृत्व र राज्य पक्षबाट धरानमा सल्किएको आगो निभाउने प्रयास भने भएको छैन । उल्टै प्रधानमन्त्री प्रचण्डले जातीय पहिचानको मुद्दा चर्कादिएपछि धरानले अर्को स्वरुप लिएको देखिन्छ । धरानमा फैलिएको धार्मिक अतिवादको रुपलाई सममै समन गर्न नसकिए राज्यका लागि ठूलो क्षति हुने र अहिलेका ठुला दलहरुका लागि समेत संकट निम्तिने सहजै आंकलन गर्न सकिन्छ । (साँघु साप्ताहिक, २०८० भदौ ११)



