🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गौहत्याको घटनाप्रति सरकार किन मौन ? सांसद सिंह 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक  बहादुर सिंहले, गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार गौहत्याका घटना घटिरहदाँ सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे । 

‘राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज भत्तेर गरेर मिडियामा देखाउने कार्य भईरहेको छ । कही यो केही तत्व वा बाहिरी प्रभावमा त हुन गईरहेको छैन ? सरकारले के हेरिरहेको छ । ? एक शब्द बोल्न सकिरहेको छैन् । यहि यहि निहुमा धार्मिक द्धन्द वा जातित्व द्धन्द भयो भने के हुन्छ ?  उनले बल्ल बल्ल सदन खुल्यो तर जनताका कुराहरु भने नउठेको टिप्पणी गरे । 

‘बल्लतल्ल हिजो सदन खुल्यो सबैलाई बधाई दिँदा दिँदै दिन बित्यो । एक महिना अगाडीदेखि बाढी र पहिरोले पुरेर मकवानपुर जिल्लाको फापरबारी गाउँपालिकाको झुरझुरे ठाउँमा ७ जनाको परिवार एकै चिहान भयो । त्यो बारेमा यहाँ केही राखौंला भनेको थिएँ । यहि हाई वे तिर पहिरोले बाटो अवरुद्ध हुँदा कयौंले कष्ट भोग्नु पर्‍यो ।

कतिले त बसमै बच्चा पाए । त्यता तिर कसैको ध्यान भएन् । ’ बाढि पहिरोले गर्दा धेरैको घरपरिवार उजाडिएको प्रति सरकारको ध्यान नगएको भन्दै उनले जनताका सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।