🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनकपुरधममा कित्ताकाट खुलाउन माग गर्दै स्थानीयद्वारा नापी र मालपोत घेराउ 

काठमाडौं । जनकपुरधामवासीले किताकाट खुलाउन माग गर्दै नापी र मालपोतको कार्यालय घेराउ गरेका छन् । बुधबार जनकपुरधाम उप-महानगरपालिकाले ८० बर्ग मिटर जग्गाको बाटो निर्धारण नगरेपछि जनकपुरधाममा किताकाट शुरु हुन नसकेको कारण नापी र मालपोत कार्यालयमा घेराउ गरेका हन् । 

सेवाग्राहीको माग पूरा गर, बन्द रहेको किताकाट सुरु गर, सेवाग्राहीमाथिको दमन र अत्याचार बन्द गर तथा घुसखोरी र भ्रष्टाचार बन्द गर लगायतका नारावाजी गर्दै कार्यालय घेराउ गरेका हुन् ।  तर, नापी कार्यालयका प्रमुख सुमन मिश्रले भने भदौ ४ गते नापी विभागले पठाएको परिपत्र हेर्दा १३० वर्गमिटर जग्गाको किताकाट हुन सक्ने तर, कसैले ८० वर्गमिटर जग्गाको किताकाट माग भने पूरा नहुने प्रष्ट पारे । 

उनले भने ‘ जनकपुरधाम उप-महानगरपालिकाको हकमा कृषि र गैर कृषि तोकिएको बताएका छन् । उनले गैरकृषि जग्गाको किताकाट गर्दा ८० वर्ग मिटर न्यूनतम गर्नु पर्यो भने सवै सम्वन्धित स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिस बमोजिम ८० वर्गमिटर किताकाट गर्न मिल्छ । ’ 

प्रमुख मिश्रले यस बिषयमा नापी, मालपोत र जिल्ला प्रहरीका कर्मचारी बसेर छलफल गरी ऐन बमोजिम काम हुन्छ भने सेवाग्राहीलाई समय बर्वाद नहोस भने काम गरिदिनु पर्छ निष्कर्ष निकालेको जानकारी पनि दिए । उनले भने-‘यस बिषमा जनकपुरधाम उप-महानगरपालिकाका मेयर मनोजकुमार साहलाई समेत जानकारी गराएका छौं ।’ जनकपुरधाम उप-महानगरपालिकाबाट निर्धारण गरिएको सडकको बारेमा विस्तृत जानकारी आएपछि कित्ताकाट गर्न नापी कुनै बेला पछि नपर्ने प्रतिवद्धता पनि प्रमुख मिश्रले व्यक्त गरे ।