🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका भ्रमणमा जाँदै   

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।  बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले भनिन् ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुनका लागि गरिने भ्रमण स्वीकृत गर्ने निणर्य भएको छ ।’ प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदैछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले राष्ट्रसंघीय महासभामा सहभागी हुँदैछन् । साथै दाहाल विभिन्न साइडलाइन बैठक तथा कार्यक्रममा समेत सहभागी हुने छन् । आगामी असोजको पहिलो साता प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यतालिकासमेत रहेको छ ।