🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी सूचना जारी गरेर स्थगित गरिएको हो । प्रधानमन्त्रीले बैठक दुई दिन सार्न सभामुख देवराज घिमिरेसमक्ष अनुरोध गरेपछि बैठक सारिएको हो ।  सर्वदलीय बैठक सकारात्मक भएको भन्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखलाई बैठकमा भएको छलफल सभामुखलाई जानकारी गराएका थिए ।

लगत्तै संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक मंगलबार ३ बजे बस्ने जानकारी दिएका हुन् ।  ‘आजको १ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सूचनामा भनिएको छ ।  यसअघि संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएको थिएन् । एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।