🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्यो

काठमाडौं । नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लगेको बताएका छन् ।  राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति पोखरेलले सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्नुभन्दा त्यसलाई खुम्चाउँने काम गरेको भन्दै सूचना आयोग बलियो बनाउँने सन्दर्भमा काम गर्न ध्यानाकर्षण गराए ।  

उनले भने, लोकतन्त्रको लाभ जनताले प्रयोग गर्ने सन्दर्भमा सूचनाको हकको अभ्यास एउटा महत्वपूणर् पक्ष हो । सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्नुपर्छ भनेर भन्छौ, तर यसको आकार, बजेट सबै खुम्चाउँदै गएको अवस्था छ । राज्यको सूचना आयोगलाई हेर्ने दृष्टिकोणमा नै भिन्नता देखिएको छ । सूचना आयोग बलियो बनाउँने सन्दर्भमा काम गर्न जरुरी भएको भन्दै ध्यानाकर्षण गराउँन चाहन्छु । 

सभापति पोखरेलले सूचनाको हकको जति बढी प्रयोग हुन्छ, राज्य त्यति नै पारदर्शी र जनउत्तरदायी हुने भन्दै यसबाट नागरिक र राज्यबीचको सम्बन्ध पनि सुमधुर हुने विश्वास लिएको बताए ।  उनले सूचनाको हकको अभ्यासको सन्दर्भमा राज्यका संरचनाहरुमा प्रतिवद्धताको खाँचो भएको बताए । राज्यका सबै संस्थाहरुले सूचनाको हकको कुरामा गम्भीर भएर प्रविद्धता व्यक्त गर्न पनि उनको आग्रह थियो । 

सभापति पोखरेलले भने, सूचनाको हकको सन्दर्भमा राज्य पक्षसँग जति बलियो प्रतिवद्धता हुनुपर्ने थियो त्यति अझै पनि हामीले पाउँन सकेका छैनौ । सूचनाको हकको अभ्यास गर्नुपर्ने सन्दर्भमा राज्यका संरचनाहरुमा अझ बढी प्रतिवद्धताको खाँचो छ । सूचना अझै दिनु र भन्ने खालको वातावरण भएको कारण यसलाई प्रचलनमा ल्याउँनको लागि समस्या भएको छ ।

राज्यका सबै संस्थाहरुले सूचनाको हकको कुरालाई गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ भनेर आग्रह गर्न चाहन्छु  । उनले सूचनाको हकको प्रयोग गरेर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने सबैलाई आग्रह पनि गरे ।