काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले, प्रमुख प्रतिपक्षले े संसदमाथि खेलवाड गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक अवरोध पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद जनताले प्रतिनिधित्व गर्ने संस्था भएपनि निरन्तर अवरोध गरेर प्रमुख प्रतिपक्ष दलले खेलवाड गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्ष दलले गरेका छन् । संसदलाई खेलवाडको रुपमा प्रमुख प्रतिपक्षले दलले हेरेको छ । संसद जनताले प्रतिनिधित्व गर्ने संस्था हो । न्यायको मन्दिर हो ।’ उनले सुन काण्डमा प्रहरीले छानबीन गरीरहेको भन्दै प्रहरीमाथि विश्वास गर्नुपर्ने बताए ।



