🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कागबेनीमा बाढी पस्यो : घर, सडक, सार्वजनिक भवनमा क्षति

म्याग्दी,  : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । २०८० साउन २८ गते आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

    गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा २०८० साउन २८ गते राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिनुभयो ।

    “राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ”, उहाँले भन्नुभयो, “तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।”

    मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताउनुभयो । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।

    खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ ।

    कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पूजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उहाँले बताउनुभयो । बाढी आएपछि छात्राबासका शिक्षक विद्यार्थी सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताउनुभयो ।

(तस्बिर : डुम्रे-बेशीशहर-चामे सडक अन्तर्गत लमजुङको बेशीशहर नगरपालिका–६ खरखरेमा सडकको ट्रयाक भासिएपछि बच्चासहित पहिरो कट्दै यात्रु । सडकको ट्रयाक भासिएपछि बेशीसहरतर्फ जाँदै गरेका यात्रु ज्यानको बाजी राखेर पहिरो पार गरिरहेका छन् ।  तस्बिर : नवीन लामिछाने/रासस)
–––