🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लागुऔषधसहित चारजना पक्राउ

काठमाडाैं । रौतहटकाे चन्द्रपुर नगरपालिका-१ बस्ने ५० वर्षीय पूर्णबहादुर तामाङलाई अवैध लागूऔषध गाँजा १६ किलोसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पौरईबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  

बाँकेकाे कोहलपुर नगरपालिका-११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ५ हजार १ सय १० रूपैयाँसहित सोही नगरपालिका-४ किरणनाल बस्ने ३२ वर्षीय रेशम जैसीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे.१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो । 

झापाकाे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीया मनिषा दनुवार र उनकै श्रीमान २१ वर्षीय अभय राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।