🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधि सभाको बैठकमा एमालेको नारावाजी,संसद साउन २९ गतेसम्मका लागि स्थगित  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।  तर साहले बोल्न नपाउँदै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्तापक्षका सांसदहरुले सदन प्रतिपक्षीको कुरा सुनेर मात्र अघि नबढ्ने भन्दै विरोध गरे ।

तर सत्तापक्षको सांसदको विरोधबीच नै सांसद साहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखिन । उनको मागसँगै एमालेले सदनमा नारावाजी सुरु गरेर बैठक अवरोध गरेको थियो । एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने एमालेको अडान छ ।  एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।