🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कपनमा विवाद कायमै, सही र गलत छुट्याउन नसक्ने मेयरकाे राजीनामा माग  

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।  शुक्रबार पनि काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।  तर काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन । केही स्थानीयवासीले महानगरको कदमको पक्षमा देखिदा केही भने विरोधमा उत्रिएका छन् ।  

केही  स्थानीयवासीले खोलाले आंँखा देख्नु पर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नु पर्ने बताएका छन् ।  उनले भने ‘ खोलाले आंँखा देख्नु पर्छ । खोला खोला हुनुपर्छ ।  जनताको सुनुवाई हुनुपर्छ ।

राज्यले त्यसको व्यवस्थापन गर्नु पर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नु पर्छ । ’  अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर वस्नु भन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने उनको भनाइ छ । 

उनले भने ‘ यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सहि गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भईहाल्यो नि । ’ 

यस्तै अर्का एक स्थानीयले वस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताएछन् । उनले भने ‘ स्वतन्त्र खहरे स्थानीय मिलेर हिमपाईप राखियो त्यो वेला बस्ती थोरै थियो । केही परक परेको थिएन् । जब जब बस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो । ’ 

बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोध पछि डोजर चल्न दिइएको थिएन् ।