🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रजनीकान्तको \’जेलर\’काे ९ लाख टिकट अग्रिम बुकिङ, अक्षयकुमार \’ओएमजी २\’ काे ४५ हजार मात्रै

मुम्बइ, २५ साउन । यो साता सिनेमा प्रेमीका लागि विशेष रहने छ । यो साता धेरै सुपरस्टारहरु बक्स अफिसमा भिड्दैछन् । 

यो साता १–२ होइन बहु प्रतिक्षित चार फिल्म रिलिज हुँदैछन् । सन्नी देओलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको जेलर र चिरञ्जीवीको फिल्म भोला शंकर यही हप्ता रिलिज हुँदैछन् । यी चार चलचित्रको अग्रिम बुकिङ पनि सुरू भइसकेको छ तर रजनीकान्तले सबै कलाकारलाई अग्रिम बुकिङमा पछाडि छोडेका छन् ।

पछिल्लो तथ्यांक अनुसार रजनीकान्तको फिल्म जेलरको अग्रिम बुकिङ सबैभन्दा बढी भएको छ । बुक माई शो पोर्टलबाट मात्रै अनलाइन टिकट बिक्रीको संख्यामा रजनीकान्तको जेलरका लागि ९ लाख अग्रिम टिकट बिक्री भएको छ ।

अर्कोतर्फ अग्रिम बुकिङको मामिलामा सन्नी देओलको गदर २ दोस्रो नम्बरमा छ । गदर २ को कुल ३ लाख टिकट बिक्री भइसकेको छ । तेस्रो नम्बरमा चिरञ्जीवीको भोला शंकर रहेको छ जसको हालसम्म ७० हजार टिकट बिक्री भइसकेको छ । अक्षय कुमारको फिल्म ओएमजी २ अन्तिम अर्थात चौथो नम्बरमा छ ।

ओएमजी २ को अग्रिम बुकिङमा हालसम्म ४५ हजार टिकट बिक्री भइसकेको छ । आगामी दिनमा यी सबै चलचित्रको अग्रिम बुकिङ बढ्ने अपेक्षा गरिएको छ । गदर २ सन् २००१ मा आएको गदरको सिक्वेल हो ।

यो ब्लकबस्टर फिल्म थियो । योसँगै रजनीकान्त पनि जेलरबाट दुई वर्षपछि पर्दामा फर्कदैछन् । उनी पछिल्लो पटक फिल्म अन्नातेमा देखिएका थिए । अक्षय कुमार मात्र ओएमजी २ सन् २०१२ मा आएको ओएमजीको सिक्वेल हो । उही समयमा चिरञ्जीवी अन्तिम पटक फिल्म वालटेयर वीरैयामा देखिएका थिए ।