धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका –२ त्रिनगरबाट लागुऔषधसहति दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका – ८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।



