🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेता भएकै कारण ज्यान मार्दा पनि छुट पाउने जमना छैन् ः प्रमुख सचेतक चौधरी 

काठमाडौं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले, नेता भएकै कारण ज्यान मार्दासमेत छुट पाउने अवस्था परिर्वतन हुदै गएको टिप्पणी गरेका छन् ।  प्रतिनिधि सभाको बैठकमा मंगलबार उनले, सरकारका संयन्त्रलाई अविश्वास गर्नु पर्ने अवस्था नरहेको दाबी गर्दै आज आम नागरिकमा समेत राज्य छ भन्ने अनुभूति बढेको दाबी गरे । 

उनले भने ‘हिजोको राजनेता राजनीतिक दल भन्दा वित्तिकै जे पनि गर्न मिल्ने । जे पनि गर्न सक्ने थियो । दिउसै ज्यान मार्दा पनि चोखिने कुरा थियो । अरबौंमा खरबौंमा पोलिसीमेकिङ गरेर पोलिसीमा करप्सन गर्ने कुरा थियो ।  तर पछिल्लो समय जनतामा आशा जागेको छ । नेपालमा सरकार छ हुनु पर्छ भन्ने आशा जागेको छ । ’ 

उनले एमालले सुन प्रकरणमा छानविन समिति गठनको माग गरेको प्रशंगमा यसअघि पनि समिति बनेर रिर्पोट समेत सार्वजनिक नभएको इतिहास रहेको भन्दै सरकारी संयन्त्रमा विश्वा गर्नु पर्ने धारणा राखे ।  ‘संसदीय समितिको कुरा छ । आज हामीले जे जति युनिट संयन्त्र बनाएका छौं । त्यसको रिर्पोट कहाँ छ ?’ उनले भने ‘सुनलगायतका प्रकरणमा अपराधिहरु पत्ता लागेका छन् ।

अपराधिहरु पत्ता लागेकै कारणले भिआइपी भनिएका, ठानिएका पूर्व गृहमन्त्री, पूर्व उपप्रधानमन्त्री जेलको चिसो छिडिमा हुनुहन्छ ।’ उनले अहिले भइहरेको छानविनमा सहयोग गर्न आग्रह गरे ।  ‘आज हामीले जुन सिआइवीको विषयमा प्रश्न उठाइरहेका छौ । नेपाल सरकारले निर्माण गरेको संस्था हो । यही संसद बनाएको संयन्त्र हो । यसलाई काम गर्न दिऔं ।’