🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने सत्यन्द्र यादव पक्राउ

काठमाडौँ, २१ साउन (रासस) : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न  व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी रु ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहिन भई भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगी सम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनभयो ।