🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिनुभयो । 

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र  मिर्गाैलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन् ।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् । युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसक्नुभएको छ ।

  
डा रेग्मी लामो समयदेखि युरोलोजी सेवा दिन थाल्नुभएका अनुभवि चिकित्सक हुनुहुन्छ । डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा कँडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच  स्वागत गर्नुभएको हो । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा सूर्यमान गुरुङले पनि सेवा सुरु गर्नुभएको छ ।