🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्लोबल आईएमई बैंकले बढायो नाफा

काठमाडौ, २१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । 

यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१  प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।