🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत् सर्ट भएर तीन दिनसम्म लिफ्टमा फस्दा एक महिलाको मृत्यु

लन्डन, १७ साउन । उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेर एक महिलाको मृत्यु भएको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । 

३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् तर उनलाई बचाउन कोही आएनन् । अन्ततः लिफ्टभित्रै उनको मृत्यु भयो ।

द मिररको रिपोर्टका अनुसार मृतकको पहिचान ओल्गा लियोन्टिभाको रुपमा भएको छ । लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीहरुले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो । यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन् ।

रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन । दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए । त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो । अनुसन्धानपछि प्रहरीले समान पुरयाउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो ।

यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन् । अनुसन्धानका क्रममा जुन लिफ्टमा फसेर महिलाको मृत्यु भएको थियो, त्यो लिफ्ट चीनमा बनेको रनिङ लिफ्ट हो । अहिले भवन प्राधिकरणविरुद्ध मुद्दा दर्ता भएको छ । लिफ्टमा धेरै समस्या भए पनि सुधार नभएको अनुसन्धानमा देखिएको छ । यसलाई घोर लापरवाहीको मुद्दा मानिएको छ । 

रिपोर्टका अनुसार दुर्घटनामा परी मृत्यु भएकी महिलाको एक ६ वर्षीया छोरी छन्, जसको हालत रोएर खराब भएको छ । आमाको निधनपछि उनी अहिले आफन्तसँग छन् ।