🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्त्वपूर्ण आवश्यकता : सभापति देउवा

काठमाडौँ, १५ साउन (रासस) : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताउनुभएको छ  ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले खीर खाने दिनको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उहाँले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताउनुभएको हो । 

“राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक दलको कर्तव्य हो”, उहाँले भन्नुभयो । सभापति देउवाले अहिले देशको आवश्यकता भनेको संविधानअनुसार सबै पार्टीबीचमा एउटा सहमति गरेर अगाडि बढ्नु भएको बताउनुभयो । 

संविधानलाई स्थायीरूपमा अगाडि बढाउन हाम्रा कमी कमजोरी सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू भएको उहाँको भनाइ थियो । “अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो, राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो, यसमा हामी सबै लाग्नुपर्छ”, सभापति देउवाले भन्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा सुदृढ गर्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेसले आफ्नो सरकारको पालामा गरेका राम्रो कामलाई जनतामाझ लैजान सके आगामी निर्वाचनमा झन् राम्रो नतिजा हासिल गर्न सकिने बताउनुभयो । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतलगायतले एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताउनुभयो । 
–––