🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौँडा नगर क्षेत्रमा डेङ्गु रोग नियन्त्रणका लागि प्राविधिक जनशक्ति परिचाल गरिने

मकवानपुर, १४ साउन (रासस) : हेटौँडा उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा डेङ्गु रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी ती वडामा यही साउन १७ गतेदेखि प्राविधिक जनशक्ति यथाशीघ्र परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वडाको टोल–टोलमा प्राविधिक उपकरणसहितको टोली परिचालन गर्ने, लामखुट्टेको प्युपा (फुल र बच्चा) नष्ट गर्ने र ती टोलमा जनचेतनाका लागि पर्चा, पम्प्लेट र माइकिङ गर्ने र स्वास्थ्यकर्मीहरू परिचालन गरी प्रत्येक घरपरिवारको रगत नमूना सङ्कलन गरिनेसमेत निर्णय गरेको उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखाका निरीक्षक भोला चौलागाईंले राससलाई जानकारी दिनुभयो ।

उक्त बैठकमा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक स्रोतसाधन र प्राविधिक जनशक्तिहरूलाई परिचालन गर्न उपमहानगरपालिकाले नीतिगत कार्यक्रम तर्जुमा गरिसकेको र नवप्राविधिक जनशक्तिहरू उपलब्ध गराउन प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त बैठकले केही दिनभित्रै डेङ्गु रोगको नियन्त्रणका लागि प्राविधिक निरीक्षक नियुक्ति गर्न आवश्यक प्रक्रिया पूरा गरेर नियुक्ति दिनेसमेत निर्णय गरेको जनस्वास्थ्य निरीक्षक चौलागाइँले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि सहदेव आचार्य, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी मकवानपुरका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो । 
–––